डेन्टल फ्लसिङ – दुई दाँत बिचको भाग कसरी सफा गर्ने?

(About dental flossing in Nepali)

दाँतका पाँचवटा सतहहरु हुन्छन् – गालातर्फको सतह, जिब्रोतर्फको सतह, चपाउने वा टोक्ने सतह र दुई दाँत बिचका अगाडि र पछाडिका दुई सतहहरु। यिमध्ये गालातर्फको, जिब्रोतर्फको र चपाउने वा टोक्ने सतहगरी तीन सतहहरु टूथब्रशले सफा गर्न सकिन्छ। तर दुई दाँतबिचका सतहहरु टूथब्रशले सफा गर्न सकिदैन।

दाँतका सतहहरु

यि दुई दाँतबिचका सतहहरुलाई सफा गर्न फ्लस गर्नुपर्ने हुन्छ। सो फ्लस गर्ने प्रकृयालाई नै फ्लसिङ भनिन्छ।

डेन्टल फ्लस दाँत सफा गर्न बिशेष रुपले बनेको नरम प्रकारको धागो हो। यसको प्रयोगले दुई दाँतबिचमा फसेको फोहोर र किटाणुलाई निकाल्न सकिन्छ जुन साधारणतया टूथब्रशले सफा गर्न सक्दैन। यसको नियमित प्रयोगले दाँत तथा गिजाका विभिन्न समस्याहरुको न्युनिकरण हुन्छ र दाँतको आयु धेरै बर्षले बढ्छ।

फ्लस प्रयोग गर्ने तरिका

१. १८ इन्चजती फ्लस बट्टाबाट तोडेर निकाल्ने, फ्लसको बट्टामै फ्लस तोड्ने धारिलो धातुको टुक्रा हुन्छ। एउटा हातको माझी औँलामा ८-९ इन्चजती फ्लस बेर्ने र बाँकी भाग अर्को हातको माझी औँलामा बेर्ने; यसो गरिसकेपछी २ इन्चजती फ्लस बिचमा बाँकी हुनुपर्दछ।

२. त्यसपछी, दुबै हातका चोर औँला र बुढी औँलाको मदतले बिचको बाँकी फ्लसलाई समातेर बिस्तारै दुई दाँत बिचमा छिराउने। धेरै जोडले वा झट्का दिएर यस्तो गर्नु हुँदैन, नभए गिजामा घाऊ हुन सक्छ।

३. अब दाँतको वरपर फ्लस पर्नेगरी तल-माथि गर्दै दाँत सफा गर्ने। दाँत र गिजाको बिचको भागमा फ्लसले ख्याल गरेर सफा गर्नुपर्दछ। यसै गरी बाँकी दाँतहरुको बिचको भाग पनि सफा गर्ने। डेन्टल फ्लसिङ दिनको एक पटक गर्नुपर्दछ।

डेन्टल फ्लस प्रयोग गर्ने तरिका


by

Tags:

Comments

One response to “डेन्टल फ्लसिङ – दुई दाँत बिचको भाग कसरी सफा गर्ने?”

  1. manoj mahato Avatar
    manoj mahato

    good work

Leave a Reply

Your email address will not be published. Required fields are marked *