मुखका यि समस्याहरु परिणत हुन सक्छन् क्यान्सरमा

0
2236
KJagir

(About precancerous lesions/ conditions in Nepali)

क्यान्सर विभिन्न कारणले हुन सक्छ। साधारणतया, खैनी, गुट्का, सुपारी, चुरोट, बिडी, रक्सी, आदीको अत्यधिक सेवनले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढ्दछ। मुखको क्यान्सर हुनुभन्दा पहिले तल बताइएका जस्ता समस्याहरु देखा पर्न सक्छन्। तल संक्षिप्तमा यि समस्याहरुको लक्षण पनि बताइएको छ।

ल्युकोप्लाकिआ

  • यो मुखमा हुने सेतो दाग हो जुन दुई हप्ताभित्र जाँदैन।
  • यो सेतो दाग रगड्दा पनि जाँदैन।
  • कुनै कुनै स्थानमा मोतो र कडा भएको पनि हुन सक्छ।
  • यो जिब्रो वा गालामा देखिन सक्छ।

Leukoplakia - Wikipedia

Leukoplakia: Causes, Symptoms, and Diagnosis

 

एरिथ्रोप्लाकिआ

  • यो प्राय: जिब्रो वा जिब्रोमुनी देखिने रातो दाग हो। तालु वा अन्य भागमा पनि देखिन सक्छ।
  • यो पनि रगड्दा जाँदैन।
  • यो सेतो दाग सँग-सँगै पनि देखा पर्न सक्छ।

 

 

लिउकोकेराटोसिस निकोटिना प्यालाटिने

  • यो चुरोट वा बिडी खानेको तालुमा देखिने सेतो दाग हो।
  • यो उल्टो चुरोट खानेहरु अर्थात् बलेको भाग मुखभित्र राखेर चुरोट खानेहरुमा बढि देखिन्छ।

Nicotine Stomatitis - Clinical, Histological Features and Treatment

 

क्यान्डिडियासिस

  • यो मुखभित्र हुने फङ्गल संक्रमण हो।
  • गाला, जिब्रो, टन्सिल, गिजा, ओठ र अन्य भागमा सेतो दागको रूपमा यो देखिन्छ।
  • रगडेर यो हटाउँदा रगतको स-सानो थोप्लो देखिन्छ।
  • मुख दुख्ने र पोल्ने हुन सक्छ।
  • निल्न गार्‍हो हुन सक्छ।
  • मुखमा नराम्रो स्वाद आउँछ।

Oral candidiasis - Wikipedia

Thrush | medicine | Britannica

 

ओरल लाइकन प्लानस

  • यो मुखमा सेतो जालजस्तो दाग, रातो सुन्निएको भाग वा खुला घाऊका रूपमा देखिन सक्छ।
  • जालिजस्तो सेतो दाग नदुख्ने हुन सक्छ भने रातो सुन्निएको रूपमा वा खुला घाउका रूपमा आएको छ भने दुख्न सक्छ।
  • तातो र मसालेदार खाना खाँदा पोल्छ।
  • ब्रश गर्दा रगत आउँछ।
  • बोल्न चपाउन र निल्न गार्‍हो हुन सक्छ।

Non-Periodontal Oral Manifestations of Diabetes: A Framework for Medical Care Providers | Diabetes Spectrum

 

ओरल सबम्युकस फाइब्रोसिस

  • यो गुट्का र सुपारी सेवन गर्ने व्यक्तीलाई हुन्छ।
  • बिस्तारै व्यक्ती पुरा मुख खोल्न असमर्थ हुन्छ।
  • मसालेदार खाना खाँदा पोल्छ।
  • गाला छाम्दा कडा हुन्छ।
  • मुखमा धेरै र्‍याल आउने हुन्छ।
  • कान सुन्न समस्या हुन सक्छ र बहिरोपन पनि हुन सक्छ।

Oral Submucous Fibrosis | e-DantSeva

 

यस्ता वा मुखमा कुनै समस्या आएमा नजिकैको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्तचिकित्सकसँग सल्लाह लिनुहोस्।

KJagir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here