मुखको क्यान्सर

(About oral cancer in Nepali)

मुखमा मासुको डल्लो पलाएर आउनु वा घाऊ हुनु जुन आँफै निको भएर गइरहेको छैन, त्यो क्यान्सर हुन सक्छ। ओठ, जिब्रो, गाला, जिब्रोमुनिको भाग, तालु तथा गिजामा भएका क्यान्सरहरु मुखका क्यान्सर अन्तर्गत पर्दछन्। समयमै दन्तचिकित्सक कहाँं गइ क्यान्सर पत्ता लगाएर चिकित्सकको परामर्श बमोजिम ऊपचार नगराए यि क्यान्सरहरु प्राणघातक हुन सक्छन्।

मुखको क्यान्सरका लक्षणहरु

१. ओठ वा मुखको अन्य भागमा निको नहुने घाऊ हुनु।

२. मुखको भित्री भागमा सेतो वा रातो दाग हुनु।


३. दाँत हल्लिनु।


४. मुखभित्र मासुको डल्लो हुनु।


५. मुखका विभिन्न भागहरु दुख्नु।
६. कान दुख्नु।
७. निल्न गार्हो हुनु वा निल्दा दुख्नु।

डाक्टरकहाँ कहिले जाने?

माथि उल्लेखित कुनै पनि लक्षणहरुले तपाईंलाई चिन्तित तुल्याएमा वा दुई हप्तासम्म लक्षण रहीरहेमा दन्तचिकित्सक कहाँं गइ जाँच गराउनुहोस्। तपाईंका दन्तचिकित्सकले आवश्यक जाँच गरी क्यान्सर हो वा होइन भनी छुट्याइदिनेछन् र आवश्यक परामर्श दीनेछन्। आफ्नो दन्तचिकित्सकको परामर्श बमोजिम ऊपचार गराउनुहोस्।

मुखको क्यान्सरका कारकहरु

मुखको क्यान्सर विभिन्न कारणले गर्दा हुन्छ। तल उल्लेखित कारणहरुले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढ्दछ।

१. सुर्तिजन्य पदार्थको प्रयोग, धुम्रपान र मद्यपान। सुपारी र गुट्खा सेवन।
२. ओठमा धेरै घाम पर्नु।
३. यौन संपर्कबाट सर्ने ह्युमन प्यापिलोमा भाईरस।
४. कमजोर रोग प्रतिरोधात्मक प्रणाली।

निवारणका उपायहरु

मुखको क्यान्सर निवारण गर्ने प्रमाणित उपाय अहिलेसम्म पत्ता लागेको छैन तथापी निम्न उपायहरु बाट मुखको क्यान्सर हुने सम्भावना न्युनिकरण गर्न सकिन्छ।

१. सुर्तिजन्य पदार्थको प्रयोग, धुम्रपान र मद्यपान, सुपारी र गुट्खा सेवन नगर्ने।
२. ओठलाई अत्यधिक घामबाट जोगाउने। घाममा जाँदा सन्स्क्रिनको प्रयोग गर्ने।
३. नियमित रुपमा दन्तचिकित्सक कहाँं मुखको स्वास्थ्यपरिक्षण गराउन जाने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *