दाँत कसरी माज्ने र किन?

(About tooth brushing technique in Nepali)

दाँत ब्रश गर्ने उत्तम तरिकाको चर्चा गर्नुअघी ब्रश किन यो तरिकाले गर्ने भन्ने कुरा नि जान्न जरुरी छ। हाम्रो दाँत मुखका तल र माथिका हाडहरुमा जराको मदतले गाडीएर बसेका हुन्छन्। सो दाँतको जरालाई घेरेर राखेको हाडलाई गिजाले छोपेको हुन्छ। र गिजा र दाँतको बिचमा सानो खाली ठाउँं हुन्छ जुन ठाउँमा फोहोर जम्मा भएर बस्न सक्छ। त्यहाँ फोहोर जम्मा भए हामीले थाहा नपाउने गरी गिजा सुन्निन्छ र बिस्तारै जरालाई छोपेको हाड खिइन थाल्छ। अत: दाँत हल्लिएर निकाल्नुपर्ने अवस्था नि आउन सक्छ। तर सो अवस्था आउनु अघी नै सास गनाउने, दाँत दुख्ने, गिजाबाट रगत आउने आदी समस्याहरु अाइ हाम्रो जीवन कस्टकर बन्न सक्छ।

दाँतको सतहमा मात्र नभइ फोहोर दाँत र गिजाको बिचको खाली ठाउँँमा पनि जम्मा हुन सक्ने कुरा हामी माथिको चित्रबाट थाहा पाउन सक्छौँ। दाँत र गिजा बाहेक खानेकुरा र अन्य पदार्थ जिब्रोमा पनि जम्मा हुन सक्छ। अत: ब्रश गर्दा हाम्रो उद्देस्य तिनवटा हुन जान्छ।

१. दाँतका हरेक सतहमा रहेको खानेकुरा र अन्य पदार्थ सफा गर्नु जसले गर्दा दाँतमा किरा नलागोस्।
२. दाँत र गिजा बिचको खाली ठाउँँ सफा गर्नु जसले गर्दा गिजा र गिजाले छोपेको हाडको स्वास्थ्य राम्रो होस्।
३. जिब्रोमाथी जम्मा भएको फोहोर सफा गर्नु।

र यि उद्देस्यहरु पुरा गर्नका निम्ती तल वर्णन गरेबमोजिम ब्रश गर्न आवश्यक छ। सर्वप्रथम त, ब्रश नरम हुनुपर्दछ (soft bristled)। ब्रशको खोलमा soft लेखिएको ब्रश किन्न जरुरी छ। ब्रश दिनको दुईपटक गर्नुपर्ने हुन्छ। बिहान खाजा खाइसकेपछी र बेलुका खाना खाइसकेपछी। तल वर्णन गरेअनुरुप ब्रश गर्न सिकीसकेपछी दुई-तिन मिनट भित्र ब्रश गर्न सकिन्छ।

दाँत, गिजा वा मुखमा कुनै प्रकारको समस्या आएमा नजिकैको एन्. एम्. सि. मा दर्ता भएका दन्तचिकित्सकसँग सल्लाह लिने। माथिको तरिकाले साना बालबालिका हरुले ब्रश गर्न सक्दैनन्। उनिहरुका लागि उपयुक्त ब्रश गर्ने तरिका अर्को अंसमा प्रकाशित गरिने छ।

 


by

Tags:

Comments

2 responses to “दाँत कसरी माज्ने र किन?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *