Image: Dr. Donald Marks

(About bleeding gums in Nepali)

गिजाबाट रगत आउने धेरै कारणहरु हुन सक्छन्।

  • गिजा र दाँतमा फोहोर जम्मा भइ किटाणुहरुको व्रिद्धी भएमा।
  • शरीरमा भिटमिन C वा भिटमिन K को कमी भएमा।
  • रगतमा प्लेटलेटको संख्या कम भएमा।
  • रगत नजम्ने रोग भएमा।
  • कलेजोको समस्या भएमा।
  • रक्तअल्पता (anemia) भएमा।
  • पेम्फिगस वा यस्तै बाहिरी तन्तु उक्किएर जाने रोग भएमा।
  • रगतका विभिन्न प्रकारका क्यान्सरमध्ये कुनै भएमा। आदी।

यती धेरै कारणहरु भए पनि डराउनुपर्ने आवश्यकता भने पक्कै पनि छैन। किनभने गिजाबाट रगत आउने प्रमुख कारण र प्रायजसोमा हुने कारण गिजा र दाँतमा फोहोर जम्मा हुनु हो। सो फोहोर जुन खाद्यपदार्थ र अन्य वस्तुले बनेको हुन्छ किटाणुहरुको पोसकतत्वहरुको स्रोत बन्न जान्छ। किटाणुहरुको व्रिद्धी भएपछी गिजा सुन्निन्छ र थोरै पनि चलाएमा (प्राय ब्रश गर्दा) रगत आउँछ तर दुख्न भने दुख्दैन। यो समस्यालाई क्रोनिक जनरलाईज्ड जिन्जीभाइटिस (Chronic Generalized Gingivitis) भनिन्छ। यो रोग समयमै निर्मुल नभएमा हड्डी खिइएर दाँत हल्लिने रोगमा परिवर्तन हुन्छ।

अत: गिजाबाट रगत आउने समस्याको प्रमुख निवारणको उपाय नै दाँतको हरेक सतह र दाँत र गिजा बिचको खाली ठाउँँको पनि फोहोर सफा हुने गरी सहि तरिकाले ब्रश गर्नु हो। यसका साथसाथै भिटमिनयुक्त फलहरु जस्तै सुन्तला, अङ्गुर, मेवा, अंबक आदी तथा हरियो सागसब्जीहरुको सेवन गर्नुपर्दछ। यदी मुखमा फोहोर जमिसकेको छ भने दन्तचिकित्सकको सल्लाहबमोजिम उपचार गराउनै पर्ने हुन्छ। गिजाबाट रगत आउने अरु कारणहरुलाई पूर्णरुपमा नजरअन्दाज गर्न भने मिल्दैन। यदी गिजाबाट रगत आउने क्रम रोकिँदैन वा समयमै रगत बग्न रोकिँदैन भने एन्. एम्. सि. दर्ता नम्बर भएका चिकित्सकसँग सल्लाह लिइ सोही अनुरुप ऊपचार गराउनुपर्दछ।

ब्रश गर्ने तरिका यहाँ हेर्नुहोस्: दाँत कसरी माज्ने र किन?

By Dr. Nitesh Kumar Roy

Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

Leave a Reply

Your email address will not be published. Required fields are marked *