(About deciduous and permanent teeth in Nepali)

शरीरको सबैभन्दा बलियो भाग दाँत हो । दाँतको बाहिरी भाग तामचीनी (इन्यामल) नामक पदार्थले ढाकिएको हुन्छ । दाँतले खानेकुरा टोक्न र चपाउनमा सहयोग गर्दछ । शरीरमा हड्डीको भन्दा पनि बलियो पदार्थले दाँत बनेको हुन्छ । तर हड्डीको मर्मत हुने क्षमता हुन्छ तर दाँतले त्यस्तो गर्न सक्दैन । एकपटक नष्ट भएपछि फेरि दाँत बन्न सक्दैन । त्यसकारण दाँतको सरसफाइमा विशेष ध्यान राख्नुपर्छ । यसले दाँतलाई स्वस्थ राख्नमा सहयोग पुर्‍याउँछ ।

दाँतको छोटो जानकारी

काम, आकार र स्थानका आधारमा दाँत विभिन्न प्रकारका हुन्छन्। हरेक दाँतको भूमिका फरक हुन्छ, कुनैले टोक्नमा भने कुनैले चपाउनमा मद्दत गर्छ। विभिन्न प्रकारका दाँत भएता पनि तिनीहरुको बनोट भने एकै प्रकारको हुन्छ र दाँतहरु आफ्नो ठाउँमा मिलेर बसेका हुन्छन्। प्रत्येक दाँतको माथिल्लो भागलाई क्राउन भनिन्छ र यो इन्यामल र डेण्टिन नामक कडा सामग्रिको दुई तह मिलेर बनेको हुन्छ। दाँतको बीचको भागमा दाँतको नशा पल्प हुन्छ। नशा रहने दाँतको क्राउनमा भएको खाली भागलाई पल्प चैंबर भनिन्छ भने दाँतको जरा तिरको खाली भागलाई रुट कनाल भनिन्छ।
पल्प वा दाँतको नशामा रक्तनलिको मसिनो संजाल हुन्छ जसले पल्पमा रक्तसञ्चालन गर्दछन्।

मुखमा रहने समयका आधारमा दाँत दुई प्रकारका हुन्छन्
१) अस्थायी/ दूधे दाँत –२० वटा
२) स्थायी दाँत– ३२ वटा

१० वर्षको बच्चाको टाउको। दुधे दाँत र स्थायी दाँतहरु देख्न सकिन्छ।

दाँत उम्रिने सामान्य प्रक्रिया

अस्थायी/ दूधे दाँत
दाँत बन्ने प्रक्रिया भ्रुण पाँच हप्ताको हुँदाबाट नै शुरु भइसकेको हुन्छ। तर बच्चा ६ महिनाको भइसकेपछि मात्र दाँत उम्रिने प्रक्रिया शुरु हुन्छ। हरेक बच्चामा दाँत उम्रिने उमेरमा केहि फरक हुन सक्दछ। तापनि दाँत उम्रिने क्रममा धेरै फरक हुँदैन।

दुधे दाँतको आकार, खाना खाने क्षमताले बच्चाको स्थायी दाँतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

धेरै जसो करीब ६ महिनाको उमेरमा पहिलो दुधे दाँत उम्रिन्छ र यो सिलसिला करीब ३ वर्षको उमेर सम्म चलिरहन्छ। दुधे दाँत जम्मा २० वटा हुन्छन्।

दुधे दाँतको स्वास्थ्यमा हेल्चेक्राई गर्नुहुन्न। दुधे दाँतको जति राम्रो ख्याल गरिन्छ, त्यति नै स्थायी दाँतको सही स्थानमा उम्रिने सम्भावना हुन्छ।

स्थायी दाँत
स्थायी दाँत ६ वर्षको उमेरमा उम्रिन सुरु हून्छ। पहिला चारवटा स्याथी मोलर (बङ्गरा) मध्ये एउटा उम्रिन्छ। यो दुधे दाँतको दोस्रो मोलरको पछाडी उम्रिन्छ र एकदम महत्वपूर्ण भूमिका खेलेको हुन्छ। बच्चाको अनुहार आकार निर्माणमा मद्दत गर्नुका सधै, चपाउने प्रक्रियामा विशेष भूमिका निर्वाह गरेको हुन्छ।

६ वर्षमा उम्रिने यो स्थायी मोलरलाई अक्सर दुधे दाँत सम्झेर बेवास्ता गरिएको हुन्छ। १२ वर्षको उमेरसम्म, बुद्धि बङ्गारा बाहेक अरु सबै दाँत उम्रिसकेका हुन्छन्। बुद्धि बङ्गारा प्राय १७ देखि २१ वर्षको उमेरसम्ममा देखा पर्दछ।

सात वर्षिय बच्चाको मध्य र तल्लो अनुहारको एक्स रे। उम्रीसकेका स्थायी र हाडभित्रका आस्थायी दाँत देख्न सकिन्छ।

स्थायी दाँत उम्रिने उमेर

 

स्थायी दाँत उम्रिने उमेर
विभिन्न उमेरमा दुधे र स्थायी दाँतको मुख र हाडभित्र स्थान। निलो रङका दाँतहरु दुधे दाँत हून्।
विभिन्न उमेरमा दुधे र स्थायी दाँतको मुख र हाडभित्र स्थान। निलो रङका दाँतहरु दुधे दाँत हून्।

 

माथिको लेख सहप्राध्यापक डा. मनु बतरा ( वहाँलाई मदत गर्ने डा. दिपेन्द्र पोखरेल, डा. सरिता अग्रहरी, डा. निरज कुमार देव, डा. निरज ढ्याको, डा. कमल पौडेल, डा. कमला थापा डा. कृतिका श्रेष्ठ) को पुस्तकमुख स्वास्थ्य सम्वन्धि शिक्षकअभिभावक तालिम पुस्तिकामा आधारित छ।

By Dr. Nitesh Kumar Roy

Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

Leave a Reply

Your email address will not be published. Required fields are marked *