खराब दन्तस्वास्थ्यले गराउन सक्छ मुटु, मस्तिष्क र अन्य अङ्गमा समस्या

0
3146
KJagir

(About relationship of oral health and general health in Nepali)

दाँत तथा मुखको स्वास्थ्यको हेरचाह नगर्नाले दाँत तथा मुखको मात्र नभइ शरीरका अन्य विभिन्न अङ्गहरुमा पनि थुप्रै किसिमका समस्याहरु देखा पर्न सक्छन्। केही चिन्ताका समस्याहरु निम्नानुसार छन्।

१. मुटुको समस्या

सुन्निएको गिजा र दाँत वरपरको हाडको रोगमा भएका किटाणुहरु रक्तनली हुँदै मुटुसम्म पुग्दछ। यि किटाणुहरुको समाजले रक्तनलीको भित्तालाई कडा बनाउँछ जुन बिस्तारै मोटो हुँदै जान्छ (प्लाक जम्मा भएर) र रगतको प्रवाहमा असर पुर्‍याउँछ। जसले गर्दा ह्रिदयघात हुने सम्भावना बढ्छ। मुटुको भित्री भागमा संक्रमण भइ एन्डोकार्डाइटिस् भन्ने रोग पनि लाग्न सक्छ।

२. मस्तिष्कको समस्या

सुन्निएको गिजाबाट किटाणुहरु नसा वा रक्तनली हुँदै मस्तिष्कसम्म पुग्न सक्छन् र अल्जाइमर रोग भन्ने मनोरोग गराउन सक्छन्। यस रोगमा याद गर्ने र सोच्ने क्षमता बिस्तारै हराउँदै जान्छ।

Image result for alzheimer's disease

३. श्वासप्रश्वासको समस्या

लामो समयसम्म संक्रमित गिजा र सडेको दाँतमा भएका किटाणुहरु श्वाससङ्गै फोक्सोमा गइ निउमोनिया लगायतका विभिन्न संक्रमणहरु गराउन सक्छन्।

Image result for lung infection

४. मधुमेहका जटिलताहरु

गिजा र दाँत वरपरका हाडको संक्रमणले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गार्हो हुन्छ जसले गर्दा गिजा र हाडको समस्या लगायत शरीरका विभिन्न अङ्गहरुमा मधुमेहले गर्दा हुने जटिलताहरु नियन्त्रण गर्न अझ गार्हो पर्छ। अत: मधुमेहका बिरामीहरुले मुखको स्वास्थ्यमा ख्याल गर्नु अरुभन्दा बढी जरुरी हुन्छ।

Image result for oral manifestation of diabetes

यि लगायत विभिन्न समस्याहरुबाट जोगिन समय-समयमा दन्तचिकित्सक कहाँं गइ जांच गराउन अत्यन्त आवश्यक छ। मुखमा केही समस्या नभएको आभास भएपनी हरेक छ महिनामा दन्तचिकित्सक कहाँं गइ दन्तपरिक्षण गराउनुहोस्।

KJagir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here