नक्कली र सक्कली डाक्टर छुट्ट्याउने कसरी? र किन?

(About quackery and quacks in Nepali)

विभिन्न कारणहरुले गर्दा विभिन्न व्यक्तीहरुले हाम्रो जस्तो मुलुकमा आफुलाई डाक्टर भनी बताउने र बिरामीको उपचार गरेजस्तो गर्ने गरेका छन्। केही उपचारविधीको तालिम दिएर डाक्टरका अभिन्न सहयोगी बन्न तयार गरिएका स्वास्थ्यकर्मीहरुले नै यो काम गरिरहेको हुन सक्छन्। जसले गर्दा धेरै ठाउँमा डाक्टरको उपस्थीती भइकन पनि बिरामीले डाक्टरको सेवा पाउन सकिरहेका छैनन्। यसले गर्दा जनस्वास्थ्यमा धेरै नै नकारात्मक असर परेको छ।

तपाईंको शरीरमा उचित रसायनिक पदार्थ राख्ने वा तपाईंका शरीरका अङ्गहरुमा आवश्यक परिवर्तन ल्याउने व्यक्ती सक्षम र दक्ष हुनै पर्दछ। आफ्नो कार्यसिमा नाघेर तपाईंको जीवनसँग खेलवाड गरिरहेका व्यक्तीहरुलाई निरुत्साहित गर्नु अत्यावस्यक छ। दन्तचिकित्साक्षेत्रमा त यो समस्या अझ विकराल रहेको छ। यसको कारण जनमानसमा व्याप्त अशिक्षा र चेतनाको अभाव पनि हो। सस्तोमा उपचार गरिदिन्छु भन्दै लाखौं मानिसको मुखको स्वास्थ्य र सौन्दर्यसँग खेलवाड भईसकेको छ। अत: यस्ता अपराधहरु राजनीतिक अस्थिरताका बिच फस्टाइरहेको बेला जनता आँफै सचेत हुनु अत्यावस्यक छ।

नेपाली डाक्टरहरुलाई कार्यानुमती दिने र निरिक्षण गर्ने कार्य नेपाल मेडिकल काउन्सिल ले गर्दछ। अत: सक्कली डाक्टर छुट्याउन त्यती गार्हो नि छैन। एन्. एम्. सि. नम्बर भएका व्यक्तिहरु मात्र चिकित्सक हुन्। आफ्नो उपचार गराउनुअघी उपचार गर्ने व्यक्तीको एन्. एम्. सि. नम्बर छ कि छैन भनी ख्याल गर्नुहोस्। एक डाक्टरको एन्. एम्. सि. नम्बर प्रयोग गरी अर्कै व्यक्तीले उपचार गरेजस्तो गर्न सक्छ त्यसैले सोको विचार गर्नु नि जरुरी छ।

आफ्नो स्वास्थ्यसँग खेलवाड हुन नदिनुहोस्। स्वास्थ्य रहनुहोस्। सदा मुस्कुराउनुहोस्।


Posted

in

by

Tags:

Comments

One response to “नक्कली र सक्कली डाक्टर छुट्ट्याउने कसरी? र किन?”

  1. Dinesh Roy Avatar

    I’m glad that my brother is conveying this message to everyone who is unaware of all this. People must refer to well educated and skilled people (doctors) to get assisted for their health. Very important for the present context of Nepal. 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *