भरिएको दाँतको फ्लोराइड रिचार्ज भनेको के हो? कसरि गरिन्छ?

0
1541
KJagir

(About fluoride recharge in Nepali)

महत्वपूर्ण जानकारी: फ्लोराइडले दाँतलाई सडनबाट जोगाउँदछ। त्यसैले तपाईंको टुथपेष्ट फ्लोराइडयुक्त कि छैन भनी जाँच गर्नुहोस्।

दाँतमा सडन भएपछी दाँतको बचाउन नमिल्ने सडेको भाग हटाइ विभिन्न किसिमका पदार्थले दाँतलाई पुन: आकार दिने काम गरिन्छ वा बोलचालको भाषामा ‘भर्ने’ काम गरिन्छ।

सडेका दाँतहरु (बायाँ) र पुन: आकार दिइएका (भरिएका) दाँतहरु (दायाँ)

दाँतको सडन यदि नशासम्म पुगेको छ भने फेरी सामान्य पुन: आकार दिने प्रकृयाले मात्र दाँत बच्दैन, त्यसलाई जरैदेखी उपचार गर्नुपर्ने हुन्छ जसलाई आर. सि. टि. भनिन्छ।

सामान्य पुन: आकार दिने प्रकृयाबाट दाँत बचाउने कि आर. सि. टि. गरेर दाँत बचाउन सकिन्छ भन्ने निर्णय गरी उपचार गर्ने काम नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्तचिकित्सकले गर्दछन्।

दाँतको सडनले नशालाई स्थायी असर पुर्‍याइसकेको अवस्थामा गरिने उपचारको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस् – आर. सि. टि.

A. सडन भएको दाँत  B. सडेको भाग हटाइएको  C. दाँत रङ्गकै पदार्थले दाँतलाई पुन: आकार दिएको
दाँतलाई कुनै पदार्थले भर्नु अघी त्यस दाँतको संरचना, त्यस दाँत र माथिको दाँत बिचको पारस्परिक सम्बन्ध, दाँत, गिजा, जिब्रो, मुखका अन्य अङ्ग र दाँत भएको हाड्को खप्पर सँगको जोर्नीबिचको पारस्परिक सम्बन्ध, त्यस पदार्थको बारेमा आवश्यक सम्पूर्ण जानकारी, भरिसकेपछी दाँत तथा शरीरमा आउने परिवर्तन, कसरि टिकाउ तरिकाले दाँत र शरीरलाई असर नपुर्‍याइ दाँतको पुन: आकार दिने प्रकृया पुरा गर्न सकिन्छ भन्ने बारे गहन ज्ञानको आवश्यकता पर्दछ।

दाँतलाई भर्न धेरै शरीरसंगत पदार्थहरु छन्। केही पदार्थहरुमा फ्लोराइड हुन्छ। र, यि पदार्थहरुले विस्तारै फ्लोराइड निकाल्दछ जसको कारणले दाँतमा फेरी सडन हुने सम्भावना धेरै गुणाले कम हुन्छ। तर समय बित्दै गएपछी यि भरिएका पदार्थमा हुने फ्लोराइडको मात्रा काम हुँदै जान्छ।

त्यसैले केही समयपछी भरिएको पदार्थलाई धेरै मात्रामा फ्लोराइड हुने पदार्थ (जस्तै एसिडुलेटेड फस्फेट फ्लोराइड) को मदतले  दन्तचिकित्सकले भरिएका पदार्थहरुमा फेरी फ्लोराइडको मात्रा बढाउँदछन्। यसै कार्यलाई ‘फ्लोराइड रिचार्ज’ भनिन्छ।

फ्लोराइड रिचार्जका लागि फ्लोराइडयुक्त पदार्थको संगतमा सम्पूर्ण दाँतहरुलाई ल्याइँदै
KJagir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here