चिकित्सक विदामा भएको बेला दाँत निकालियो, नवविवाहित युवतीको मृत्‍यु

2
6530
KJagir

बर्दिबासस्थित साझा कान्तिपुर डेन्टल क्लिनिकमा चिकित्सक नभएको बेलामा गएको शनिबार दुईवटा दाँत उखेलिएपछि सिकिस्त बनेकी धनुषाको मिथिला नगरपालिका ९ बेंगाडावर बस्ने अमिरी महतोकी १९ वर्षीया श्रीमती रानीकुमारी महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोहि दिन दिउँसो ३ बजे मृत्यु भएको छ।

रानीको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ।

डेन्टल क्लिनिकको बोर्डमा डा. सरस्वती साहको नाम उल्लेख छ। वहाँका अनुसार शुक्रबार काम गरिसकेपस्चात शनिबारदेखी वहाँ विदामा आफ्नो घर जनकपुरमा हुनुहुन्छ। आफ्नो अनुपस्थितिमा अरु कसैले दाँत उखेल्ने जस्तो सम्वेदनशिल काम गरेकोमा वहाँले दु:ख पनि व्यक्त गर्नुभयो। वहाँले आफुले घटनाको बारेमा थाहा पाएपछी आफ्नो अनुपस्थितिको बारेमा नेपाल डेन्टल एसोसिएसनलाई जानकारी दिनुभएको बताउनुभयो।

डेन्टल क्लिनिकका सञ्चालक दिलीप महतो हुन्। ‘दाँत उखेलेर पठाएसम्म रानीको अवस्था समान्य थियो। पछि के कति कारणले मृत्यु भएको हो भन्ने कुरा हामीलाई थाहा छैन। पोस्टमार्टम रिपोर्टले यदि दाँत उखेलेकै कारण मृत्यु भएको पुष्टि हुन्छ भने हामी कारबाही भोग्न तयार छौं’ उनले भने।

मृत्‍युको कारण के हो भनी पोस्टमार्टम रिपोर्ट आएपछी थाहा हुनेछ। तर अरु धेरै सम्वेदनशिल प्रश्नहरु पनि यससङ्गै उब्जिएका छन्। दन्तचिकित्सकको अनुपस्थितीमा दाँत निकाल्ने को? के दन्तचिकित्सकको अनुपस्थितिमा अरु कोही अदक्ष व्यक्तिले दाँत निकाल्नु आँफैमा अपराध होइन? के नेपालको अरु ठाउँहरुमा झैँ दन्तचिकित्सकको नाम बोर्ड्मा लेखेर भित्र अरु कोही अदक्ष व्यक्तीले काम गर्ने कार्य त्यहाँ पनि भएको हो? के दाँतको उपचार एनएमसीमा दर्ता भएका दन्तचिकित्सकसङ्गै गराउनुपर्छ भन्ने जनचेतनाको अभाव पनि हो?

KJagir

2 COMMENTS

  1. aru haru ni dher clinic haru 6an jahan dr na vaako khanda ma wah dr huda huda pani aafulai janne thani thaani… dr lai nateri daat ukhal6an…jhan surgical extraction(salyakriya gari daat nikal6an) pani gar6an..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here