• (About salivary gland stones in Nepali)
  • र्‍याल ग्रन्थिको पत्थरी के हो?

    र्‍याल ग्रन्थिबाट मुखमा आउने नलिहरुमा विभिन्न खनिज पदार्थहरु जम्मा भइ बनेको कडा पिन्डलाई नै पत्थरी भनिन्छ। यस अवस्थालाई सायलोलिथायसिस (sialolithiasis) पनि भनिन्छ। प्रायजसो अधबैँसे उमेर समुहमा देखिने यो समस्या र्‍याल-नली थुनिनुको प्रमुख कारण हो।

    यो पत्थरीले गर्दा मुखमा दुखाइ हुन्छ र यो दुखाइलाई दाँत तथा मुखको अन्य समस्याको कारणले हुने दुखाइबाट छुट्याइ एक दन्तचिकित्सकले यसको उपचार गर्दछन्। पत्थरी सानो भएमा दन्तचिकित्सकको सल्लाह बमोजिम घरेलु विधीबाट पनि यो निको गर्न सकिन्छ।

    लक्षणहरु

    • अनुहारको तल्लो भाग दुख्नु, मुख र घाँटि दुख्नु।
    • दुखाइ खाना खानुअघी वा खाना खाँदा बढ्नु।
    • र्‍याल ग्रन्थिमा बनेको र्‍याल नली हुँदै मुखमा आउन नसक्ने भएकाले र्‍याल ग्रन्थिमा अत्यधिक र्‍याल जम्मा भइ र्‍याल ग्रन्थी भएको भाग सुन्निनु र सुन्निएको भाग दुख्नु।
    • मुख सुक्खा हुनु।
    • निल्न गार्‍हो हुनु।
    • मुख खोल्न गार्‍हो हुनु।
    • र्‍याल ग्रन्थिमा लामो समयदेखी जम्मा भएको र्‍यालमा ब्याक्टेरियाको सन्क्रमण भए ज्वरो आउनु, मुखमा नराम्रो स्वाद आउनु र सुन्निएको भाग रातो हुनु।

    कारणहरु

    के कारणले र्‍यालमा हुने खनिज पदार्थहरु जम्मा भइ र्‍याल ग्रन्थिको पत्थरी बन्दछ भनी पत्ता लागिसकेको छैन। सम्भावित कारणहरु निम्नानुसार हुन सक्छन:

    • उच्च रक्तचापका लागि खाने औषधी र एन्टीहिस्टमिन समुहको औषधीको प्रयोग।
    • कम पानी पिउने बानी जसको कारणले डिहाइड्रेसन भइ र्‍याल गाढा बन्न सक्छ।
    • कम खाना खानु जसको कारणले काम र्‍याल उत्पादन हुन्छ।

    कसरी पत्ता लगाउँछन् चिकित्सकले र्‍याल ग्रन्थीको पत्थरी?

    दन्तचिकित्सकले तपाईंको मुख र र्‍याल ग्रन्थीको जांच गर्दछन् र आवश्यक परेमा एक्स-रे वा अल्ट्रासोनोग्राफी गर्ने सल्लाह दीन्छन्। र सोही अनुरुप उपचार विधीको बारेमा तपाईंलाई बताउँछन्।

    उपचार

    घरेलु उपचारका रुपमा दन्तचिकित्सक ले तपाईंलाई कागती सेवन गर्न वा चिनीरहित लेमन ड्रप सेवन गर्न र प्रसस्त पानी पिउन भन्दछन्। यि सबैको उद्देश्य र्‍याल उत्पादन बढाउनु हो।

    आवश्यकता र अवस्था अनुसार दन्तचिकित्सकले तपाईंको र्‍याल ग्रन्थिको पत्थरी हातले बिना शल्यकृया पनि निकाल्न सक्छन्। अवस्था हेरी दन्तचिकित्सक ले शल्यकृया गर्नुपर्ने हुन सक्छ। अरु आधुनिक उपचार विधि जस्तै लिथोट्रिप्सी को पनि प्रयोगबाट यसको उपचार गर्न सकिन्छ।

    आवश्यकता अनुसार तपाईंले दन्तचिकित्सकको सल्लाह बमोजिम औषधी सेवन पनि गर्नुपर्ने हुन सक्छ।

     

    By Dr. Nitesh Kumar Roy

    Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *