(About healthy smile in Nepali)

जिवनप्रति सकारात्मक दृष्टिकाेण राख्ने र हरपल खुसि रहने व्यक्तिहरुकाे अनुहारमा मनै पगाल्ने चमक हुन्छ। र त्याे चमक ल्याउन मुस्कानले धेरै नै महत्वपुर्ण भुमिका खेलेकाे हुन्छ। जिवनलाई एक खुशियालिकाे पर्वझैँ मानेर बाँच्ने र हर समयमा खुशियालिकाे रङ्ग भर्न तत्पर व्यक्तिहरु नै सफल व्यक्तिहरु हुन्। र याे सबै जिवनकाे सुन्दरता चमक र मुस्कान बनेर मानिसकाे अनुहारमा देखिन्छ। मानवजिवनकाे अर्थकाे साङ्केतिक स्वरुप नै मुस्कान हाे भने पनि अतिप्राक्कलन हुने छैन। मुस्कान हरेक व्यक्तिकाे अमुल्य गहना हाे।

यदि तपाईँँ दुखित हुनुहुन्छ भने पनि मुस्कुराउने प्रयास गर्नुहाेस् तबसम्म जबसम्म तपाईँकाे नक्कली मुस्कान प्राकृतिक मुस्कानमा परिवर्तित हुँदैन। यसरि तपाईँ अाफ्नाे मुड परिवर्तन पनि गर्न सक्नुहुन्छ। यतिसम्मकाे जादुई क्षमता तपाईँकाे मुस्कानमा हुन्छ। विभिन्न वैज्ञानिक अध्ययनबाट प्रमाणित तथ्यअनुसार मुस्कुराउनाले तपाईँकाे मानसिक तनाव घट्दछ। एउटा मुस्कान बाेकेकाे मान्छेलाई कसले पाे रुचाउँदैन र! मुस्कुराइरहेकाे व्यक्ति बढि विश्वासिलाे देखिन्छन्। साथै मुस्कान एक सरुवा घटना हाे। तपाईँ मुस्कुराउनुभए तपाईँकाे मुस्कानलाई साथ दिन अरु धेरै अनुहारहरुमा मुस्कान अाउनसक्छन्।

यति महत्व बाेकेकाे मुस्कान स्वस्थ हुनु अतिअावश्यक हुन्छ। मुस्कानलाई अाेठ दाँत र गिजाले अाफ्नाे रुप प्रदान गर्दछन्। अत स्वस्थ मुस्कान भन्नु नै स्वस्थ अाेठ दाँत र गिजा हुनु हाे। अाेठ दाँत र गिजा स्वस्थ राख्नलाई यिनिहरुमा राेग लाग्न नदिनु नै उत्तम उपाय हाे। दाँत र गिजा स्वस्थ राख्नका लागि सहि तरिकाले ब्रश गर्नु अावश्यक हुन्छ। ब्रश गर्ने सहि तरिका जान्नका लागि यहाँ क्लिक गर्नुहाेस्। दाँत जतिबेलै बाहिरि वातावरणसँग सम्पर्कमा रहने भएकालेे दाँतमा किरा लाग्ने सम्भावना अत्यन्त धेरै हुन्छ। दाँतमा किरा लागेमा दाँत जाेगाउन मिल्ने भए दन्तचिकित्सकले साेहिअनुसार उपचार गर्दछन्। दाँत बचाउने उपचारविधि मध्ये एक अारसिटि काे बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्। दाँतमा फाेहाेर जम्मा भएमा वा गिजाबाट रगत अाउने समस्या भएमा साेकाे निवारणकाे बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् र उपचारविधिकाे बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्। दाँतमा चाेटपटक लागेमा जान्नपर्ने अत्यन्त महत्वपुर्ण जानकारिका लागि यहाँ क्लिक गर्नुहाेस्।

स्वस्थ मुस्कान बाेकेर खुशियालिका साथ जिवनयापन गर्नुहाेस्।

By Dr. Nitesh Kumar Roy

Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

Leave a Reply

Your email address will not be published. Required fields are marked *