(About teething in Nepali)
शिशु जन्मिँदै २० वटै दुधे दाँतहरु गिजाभित्रकाे हाडभित्र लिएर आएका हुन्छन्। सामान्यतया ४ देखि ७ महिनाकाे बिचमा पहिलाे दुधे दाँतका रुपमा तलका अगाडिका दाँतहरु पलाउँछन्। र दुधे दाँतहरु पलाउने क्रम सामान्यतया ३ वर्षकाे उमेर पुगिसक्दा सकिन्छ। दाँत पलाउन सुरु हुँदा बच्चा रुने राति अनिँदाे बस्ने हुँदा आमाबुबालाई चिन्ता हुन सक्छ।
दाँत पलाउँदा देखिने साधारण लक्षणहरुः
- बच्चा अरु बेलाभन्दा बढि रुनु
- सुत्न गार्हाे हुनु
- बच्चामा चिडचिडापन हुनु
- भाेक कम लाग्नु
- मुखबाट अरु बेलाभन्दा बढि र्याल बग्नु
- बच्चाले आफ्नाे अनुहार रगड्नु
- जे पाए पनि टाेक्न खाेज्नु
- गिजा सुन्निनु
- अाफ्नाे कान समात्नु
दाँत पलाउँदा देखिने असामान्य लक्षणहरुः
- ज्वराे आउनु
- पखाला लाग्नु
- बिमिरा वा डाबर आउनु
- नाक बग्नु
दाँत पलाइरहेकाे बच्चालाई राहत दिने उपायहरुः
- दाँत पलाइरहेकाे बच्चाकाे गिजा दुखिरहेकाे हुन सक्छ। सफा औँला वा चिसाे चम्चा वा सफा नरम र हल्का भिजेकाे सुतिकाे कपडाले गिजालाई मालिस गर्ने। यसले बच्चाकाे दुखाइमा राहत दिन्छ।
- बच्चा ५ महिनाभन्दा बढिकाे भए थाेरै चिसाे केरा (बिया नभएकाे) खान दिने।
- बच्चा ठाेस खानेकुरा खान सक्ने उमेरकाे भए ताताे खाना नखुवाउने। खाना चिसाे भएपछि मात्र खुवाउने।
ध्यान दिनुपर्ने कुराहरुः
- दुखाइ विरुद्धकाे औषधि चिकित्सककाे सल्लाह नलिइ नखुवाउने।
- माथि दिइएका कुनै पनि असामान्य लक्षण देखिए चिकित्सककाे सल्लाह लिने।