दाँतमा चाेटपटक लागेमा ध्यान दिनुपर्ने कुराहरु र प्राथमिक उपचार

0
5384
KJagir

(About dental trauma/ injury in Nepali)

दुर्घटना सतर्कता अपनाए बावजुद जाेकाेहिसँग जतिबेला पनि हुन सक्छ। त्यस्ताे अवस्थामा दुर्घटना भइसकेपश्चात अन्याैलमा नपर्न पहिले नै ध्यान दिनुपर्ने कुराहरु र प्राथमिक उपचारकाे ज्ञान हुनु अावश्यक हुन्छ। दुर्घटनाकाे कारणले दाँतमा चाेटपटक लागेमा विभिन्न परिस्थितिमा के गर्ने भनि तल चर्चा गरिएकाे छ।

हरेक परिस्थितिमा ध्यान दिनुपर्ने कुराहरुः

  • मनताताे नुनपानीले मुख कुल्ला गर्ने।
  • मुखबाट रगत बगिरहेकाे भए घाउ पत्ता लगाउने र त्यहाँ अाैँलाले, हातले वा सफा नरम सुतिकाे कपडा वा कपासले करिब १० मिनेट चाप (दबाब) दिने। यदि दाँत बाहिर निस्किएमा सफा नरम सुतिकाे कपडा वा गज पाइएमा गज दाँत निस्किएकाे ठाउँमा राख्ने र बिरामिलाई टाेक्न लगाउने।

  • यदि साे तरिकाले रगत बग्न नराेकिए चियापत्ति सफा नरम सुतिकाे कपडामा बेरेर (वा टि ब्याग) रगत बगिरहेकाे ठाउँमा राखेर केहि मिनेटसम्म चाप दिने।
  • गाला, अाेठ वा चाेट लागेकाे दाँत वरपर चिसाे पानीकाे पाेका वा बरफ राख्ने। यसले दुखाइ कम गर्नुकाे साथै सुन्निएकाे घटाउँछ।
  • दुखाइ असह्य भए अाैषधि पसलबाट दुखाइविरूद्धकाे अाैषधि लिएर खाने।

दाँत भाँचिएमा ध्यान दिनुपर्ने कुराहरुः

Image: Thornhill Dentist North York Dentistry
  • मनताताे नुनपानीले मुख कुल्ला गर्ने।
  • दन्तचिकित्सक कहाँ चाँडै जाने अवस्था नभए भाँचिएकाे भागमा सम्भव भएसम्म चिनिरहित चिविङ्ग गम टाँस्ने। यसले दुखाइ कम गर्नुकाे साथै टुक्रिएकाे दाँतकाे धारिलाे भागबाट जिब्राे तथा अाेठमा घाउ हुनबाट जाेगाउँछ।
  • त्यसपछि सकेसम्म चाँडाे दन्तचिकित्सक कहाँ जाने। थाेरै मात्र दाँत टुक्रिएकाे भए एकै दिनमा उपचार सम्भव हुन्छ। यदि दाँतकाे ठुलाे भाग टुक्रिएकाे भए उपचारविधि लामाे र केहि खर्चिलाे हुन्छ। सकेसम्म दन्तचिकित्सकले तपाईँकाे दाँत जाेगाउने प्रयास गर्नेछन्।

दाँत फुत्किएर बाहिर अाएमा ध्यान दिनुपर्ने कुराहरुः

  • मनताताे नुनपानीले मुख कुल्ला गरिसकेपछि माथि बताइएअनुरुप रगत नियन्त्रण गर्ने।
  • याे परिस्थितिमा रगत नियन्त्रण गर्ने सबैभन्दा उत्तम उपाय दाँत जहाँबाट फुत्किएर अाएकाे हाे त्यहिँ राखेर दबाब दिने।
  • फुत्किएकाे दाँतलाई खाेजेर सफा गरेर सकेसम्म फुत्किएकै ठाउँमा राख्ने प्रयास गर्ने। साे गर्न गार्हाे भए वा बिरामीले नमाने दाँतलाई नुनपानी, दुध वा र्‍यालमा राख्ने र चाँडाेभन्दा चाँडाे दन्तचिकित्सक कहाँ जाने। दाँतलाई खुला राखेर सुक्खा नछाड्ने।
  • दन्तचिकित्सकले दाँतलाई अाफ्नै ठाउँमा राखि दाँत बचाउने प्रयास गर्नेछन्। याे उपचारविधि पनि लामाे हुन्छ।

दाँतमा चाेटमात्र लागेपनि दन्तचिकित्सककाे सल्लाह लिने। दाँत सहित हड्डि पनि भाँचिएमा वा अनुहारकाे अन्य भागमा पनि चाेट लागेमा चाँडाे भन्दा चाँडाे दन्तचिकित्सक कहाँ जाने। बिरामी हाेसमा भएकाे र टाउकाे र अन्य अ‍ङ्गमा चाेटपटक लागे नलागेकाे ख्याल गर्ने र बिरामि अचेत भए वा अन्य अङ्गमा बढि चाेट लागेकाे भए साेहि अनुरूप प्राथमिक उपचार गर्ने र नजिकैकाे अस्पतालकाे अाकस्मिक विभागमा यथाशिघ्र लाने।

KJagir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here