Image: DentalPlans Blog

(About tooth decay in Nepali)

दाँतको देखिने भागको सबैभन्दा बाहिरि तह इन्यामल हो। इन्यामल भन्दा भित्रको तह डेन्टिन हो जसभित्र रक्तकेशिका र नशा हुन्छन्। इन्यामल निर्जीव हुन्छ भने डेन्टिन सजिव हुन्छ।

हाम्रो शरीरमा हरपल बहुप्रजातिका करोडौँको संख्यामा जीवाणुहरु हुन्छन्। केहि किटाणुहरु हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छन् भने केहि हानिकारक। हाम्राे मुखभित्रपनि कराेडाैँ जिवाणुहरु हुन्छन्। तिनिहरु दाँत तथा गिजामा आफ्नै समाज बनाएर बसेका हुन्छन् जसलाई म यहाँ किटसमाज भन्नेछु। तल दाँतमाथिका किटसमाजका आँखाले देखिने र सुक्क्ष्मदर्शक यन्त्रबाट देखिने चित्रहरु देखाइएका छन्।

यो किटसमाजका किटाणुहरु हामीले खाने खानामै निर्भर हुन्छन्। तर श्वासप्रश्वासका भने दुई तरिकाले हुन्छ। केहि किटाणुहरुलाई बाँच्न अक्सिजन चाहिन्छ भने केहि अक्सिजन बिना नै बाँच्न सक्छन्। हामीले खानामा शक्तिकाे प्रमुख स्राेत कार्बाेहाइड्रेट हाे। अझ चकलेट जस्ता खाद्यवस्तुमा अत्यधिक मात्रामा कार्बाेहाइड्रेट पाइन्छ। किटसमाजमा भएका किटाणुहरुले साे कार्बाेहाइड्रेटबाट शक्ति लिँदै साेलाई एसिडमा परिवर्तन गरिदिन्छन्।

एसिडले तत्पश्चात दाँतकाे सबैभन्दा बाहिरि सतह इन्यामललाई कमजाेर बनाइदिन्छ र किटाणुहरुलाई दाँतभित्र पस्न अझ सहज बनाइदिन्छ। फेरि कार्बाेहाइड्रेट प्रयाेग गरि शक्ति लिँदै एसिड उत्पादन हुँदै दाँतकाे बाहिरि सतह अझ कमजाेर हुन्छ र दाँत कालाे रङमा परिवर्तन भइ खिइन पनि सक्छ। साेलाई नै दाँत सड्नु भनिन्छ। दाँतकाे सडन इन्यामल सम्म मात्र सिमित भए दाँत दुख्दैन किनभने इन्यामल निर्जिव हुन्छ। तर डेन्टिन भने सजिव हुन्छ। यसका मसिना नलिहरुमा नशाहरु हुन्छन् जसले गर्दा सडन डेन्टिनसम्म पुगे दाँत दुख्न थाल्छ। याे अवस्थामा वा यसभन्दा अघि उपचार गराए समय र खर्च दुवै नै कम लाग्दछ।

दाँतमा लाग्ने किटाणुहरु दाँतलाई नस्ट गर्दै नसासम्म पुगेको अवस्था

तर समयमै उपचार नगराए वा दुखाइविरूद्धकाे औषधि सेवन गरि दुखाइलाई चेपेर दाँतकाे उपचार नगराए दाँत सड्ने प्रक्रियाले डेन्टिनलाई नष्ट गरि नसासम्म पुग्दछ। दाँतकाे नसालाई किटाणुहरुले इन्फेक्ट गरि त्यस वरपरका तन्तुहरुलाई सुन्याइदिन्छ। याे अवस्थामा पनि दाँत धेरै नै दुख्दछ। तर हेल्चेक्र्याइँ गरे दाँतकाे जरामुनिकाे प्वालबाट हाडमा पुगि हाडभित्र घाउ बनाउँदछ। याे अवस्था पनि अत्यन्त पिडादायि हुन्छ। याे घाउ ठुलाे भए अनुहार, घाँटि र वरपरका अङ्गहरु सुन्निने हुन सक्छ र समयमै उपचार नभए बिरामिकाे ज्यान पनि जान सक्छ। वा घाउले गाला छेडि मुखभित्रै बाटाे बनाइ पिप निस्कन्छ। पिप निस्कए दुखाइ नभएपनि उपचार गराउनु भने आवश्यक नै हुन्छ।

Image: pedsinreview.aappublications.org

अतः दाँतकाे बाहिरि सतहमा मात्र सडन भए वा हड्डिभित्र घाउ भइ पिप बगे दाँत दुख्दैन। तर उपचार भने अत्यावश्यक हुन्छ। दाँतकाे धेरै भाग सडे दाँत निकाल्नुपर्ने अवस्था पनि आउन सक्छ।

By Dr. Nitesh Kumar Roy

Dental Surgeon, Rationalist, Lover of Literature and Visual Arts

Leave a Reply

Your email address will not be published. Required fields are marked *