स्केलिङ के हो? मशिनले सफा गर्नाले दाँत बिग्रिन्छ भन्छन् नि!

1
7444
Image: YouTube (Work with Sounds)
KJagir

(About scaling in Nepali)

दाँतमा हरपल मुखमा पाइने किटाणुहरुले समाज (किटसमाज) बनाएर बसेका हुन्छन्। दिनको दुईपटक दाँत ब्रश नगरेमा सो किटाणुको समाजमा क्याल्सिअमयुक्त रसायनिक पदार्थहरु सम्मिलित भइ सम्पुर्ण वस्तु नै केहि दिनभित्रै एक ढु‌ङ्गाजस्तै कडा पदार्थमा परिवर्तन हुन्छ जसलाई हर्षा भनिन्छ। साे हर्षा ब्रश गरेर सफा गर्न सकिँदैन। सबैभन्दा बढि हर्षा पाइने क्षेत्र तलका दाँतहरुकाे जिब्राेतिरकाे सतह हाे। हर्षाले गर्दा गिजा सुन्निएर ब्रश गर्दा रगत अाउँछ र हर्षा नियन्त्रण नगरे गिजा जरातर्फ सर्दै जान्छ, हड्डि खिइँदैजान्छ र दाँत हल्लिन थाल्छ। तलकाे चित्रमा हर्षा देखाइएकाे छ।

Image: smilesbydesigninlivermore.blogspot.com

दाँतबाट किटसमाज र हर्षा हटाउने प्रक्रियालाई स्केलिङ भनिन्छ। स्केलिङ दुई प्रकारले गरिन्छः हाते अाैजारले र मशिनले। प्रायजसाे मशिनले स्केलिङ गरिन्छ र अत्यावश्यक छ। हरेक व्यक्तिले हरेक छ महिनामा स्केलिङ गराउन अावश्यक छ। स्केलिङ गर्ने मशिन यस प्रकारले बनाइएकाे हुन्छ कि यसले दाँतलाई केहि नकारात्मक असर पुर्याउँदैन। स्केलिङ गरिसकेपछि दाँतकाे जरामाथिबाट हर्षा निस्कने भएकाले केहि घण्टादेखि केहि दिनसम्म सिरिङ सिरिङ गर्न सक्छ। जुन अाँफै निकाे भएर हराउँछ। हर्षा निस्किएपछि केहि दिनमै दाँत स्वस्थ अवस्थामा फर्कन्छः बलियाे र सुन्दर हुन्छ।

तपाईँकाे दाँतमा पनि हर्षा भए चाँडाेभन्दा चाँडाे दन्तचिकित्सककाे सल्लाहबमाेजिम त्यसकाे उपचार गराउनुहाेस्।

स्केलिङ गर्नुअघि र पछि
Image: mubuzima.com
KJagir

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here