(About diabetes and oral health in Nepali)
मधुमेहका बिरामीहरुको रगतमा चिनिको मात्रा बढेको हुन्छ र रक्तनलिहरुमा दुष्प्रभाव परेको हुन्छ। सोको कारणले मुखसहित शरीरका हरेक अंगहरु प्रभावित भएका हुन्छन्। अतः मधुमेहका रोगिहरुले हरेक अंगको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। मधुमेहका रोगिहरुलाई सामान्यतया तल उल्लेखित मुखका समस्याहरुले सताइरहेका हुन्छन्।
- गिजा सुन्निएर रगत बगिरहने।
- घाउहरु चाँडै निको नहुने।
- दाँतको जरा गाडिएको हाड खिइएर दाँत हल्लिने।
- मुख झमझमाउने।
- सास गनाउने।
- उचित मात्रामा र्याल नआउने। मुख सुक्खा हुने।
- दाँत द्रुतगतिमा सड्ने।
- ओठको कुनाहरुमा घाउ हुने। आदि।
यि समस्याहरु आउन नदिन वा विकराल रुप लिन नदिन के गर्ने भनि बुँदागत रुपमा तल चर्चा गरिएको छ।
- सर्वप्रथम त समय समयमा रगतमा चिनिको मात्राको जाँच गर्ने र चिकित्सकको सल्लाहबमोजिम नियमित रूपमा औषधि खाने र व्यायाम गर्ने।
- दाँत तथा गिजाको समस्या आउन नदिन नियमित रुपमा दिनको दुईपटक तल वर्णन गरेअनुरुप ब्रश गर्ने।
- हरेक छ महिनामा दाँतको सफाई – स्केलिङ गराउने।
- प्रशस्त पानी पिउने।
- चुराेट रक्सि खाने बानि भए छाेड्ने। कुनै पनि लागुपदार्थ सेवन नगर्ने।
- भित्रि गालामा सेताे दाग अाए नजरअन्दाज नगर्ने।
- मधुमेहका राेगिहरुकाे राेगसँग लड्ने क्षमता कम भएकाे हुँदा समय समयमा दन्तचिकित्सककाे सल्लाह लिइरहने।
- मुखमा घाउ खटिरा आउने वा अन्य केहि समस्या आउनासाथ दन्तचिकित्सकको सल्लाहबमोजिम उपचार गराउने।
Leave a Reply