के झाँक्रीले निकाल्न सक्छ दाँतमा लाग्ने किरा?

दाँत सड्ने रोगको बारेमा थाहा पाउनुहोस्।

0
7420
Image: Wikipedia
KJagir

(About tooth decay and witch doctor in Nepali)

गाउँतिर अझै पनि केराको पातले केही नबुझिने कार्य गर्दै, नबुझिने भाषामा (सुन्नमा संस्क्रित जस्तै लागेपनी) केही उच्चारण गर्दै दाँतबाट हातमै किरा निकालेर देखाइदिन्छन् झाँक्रीहरु!

दाँतको बाहिर देखिने भाग क्राउन (crown) हो जुन सबैभन्दा बाहिरबाट इन्यामल (enamel) ले ढाकीएको हुन्छ। इन्यामल भित्र डेन्टिन (dentin) हुन्छ जसभित्र दाँतलाई खाद्यपदार्थ पुर्याउने रक्तकेसिका र दाँतबाट मस्तिस्कतर्फ खबर लाने नसाहरु हुन्छन्। दाँतको जरा भने हाडभित्र गाडीएको हुन्छ जसको बाहिर इन्यामल को सट्टामा सिमेन्टम (cementum) हुन्छ। इन्यामल हाम्रो शरीरमा पाइने सबैभन्दा कडा पदार्थ हो। तर यो एकपटक नस्ट भएपछी फेरी बन्न भने सक्दैन।

यती कडा भएतापनी दाँतमा लाग्ने किटाणुले भने यसलाई नस्ट गर्न सक्छ। दाँत सडाउने किटाणुहरु एक्दमै सुक्ष्म हुने भएकाले खाली आँखाले हेर्न सकिँदैन। झाँक्रीले हामीलाई छलेको मात्र हो। दाँतमा लागेको सुक्ष्म किटाणुहरु निकाल्न झाँक्रीकहाँ जानु मुर्खता मात्र हो। दाँतमा लाग्ने किटाणु हेर्न सुक्ष्मदर्शक यन्त्र (microscope) चाहिन्छ। दाँतको इन्यामल नस्ट गरिसकेपछी यो डेन्टिनसम्म पुग्दछ र यसले डेन्टिनलाई पनि नस्ट गर्न थाल्दछ। समयमै उपचार नभए यसले डेन्टिन पनि नस्ट गरेर दाँतको नसासम्म पुग्दछ र त्यसपछी दाँत जिवित रहँदैन। यती हुने क्रममा दाँत दुख्ने गर्दछ। तर दुखाइ विरुद्धको औषधी खाए दाँत नदुखे पनि किटाणुहरु भने दाँतलाई नस्ट गरीनै रहेका हुन्छन्। किटाणु दाँतको नसासम्म पुगे पनि, दाँत जिवित नरहे पनि दाँतलाई बचाउन सकिन्छ।

दाँतमा लाग्ने किटाणुहरु दाँतलाई नस्ट गर्दै नसासम्म पुगेको अवस्था

समयमै उपचार नगराए दाँतको किटाणुले नसा हुँदै हड्डीभित्र गएर घाऊ बनाउन सक्छ जुन अत्यन्त पिडादायी हुन्छ र समयमै उपचार नभए प्राणघातक पनि हुन सक्छ। त्यसैले दाँतमा सडन भएको थाहा पाउनासाथ (दाँत नदुखेपनी) दन्तचिकित्सक सँग सल्लाह लिइ सोही अनुरुप उपचार गराउनुपर्दछ।

KJagir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here